+

नेपाल प्रिमियर लिग मंसिर १५ देखि

२०८१ भदौ  ३ गते १९:५३ २०८१ भदौ ३ गते १९:५३
नेपाल प्रिमियर लिग मंसिर १५ देखि

३ भदौ, काठमाडौं । टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आगामी मंसिर १५ गतेदेखि हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो । १५ मंसिरदेखि हुने प्रतियोगिता ६ पुससम्म चल्नेछ ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको लोगो सार्वजनिक गरेका छन् । राष्ट्रिय खेदकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिमिङले प्रतियोगितामा आउने विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेक्स राख्ने प्रतिबद्धता जनाए ।

दुई वर्ष अगाडि क्रिकेट संघले भारतीय कम्पनीलाई सम्पूर्ण अधिकार दिएर टी-२० लिग गरेको थियो । तर विवादै विवादमा फस्नुका साथै फिक्सिङको आरोप लाग्यो ।

नयाँ कार्यसमिति चयन भएपछि क्रिकेट संघले नेपाल प्रिमियर लिगलाई आफ्नै आयोजनामा गर्दैछ । क्यानले हालै मात्र फ्रन्चाइज टोलीको स्वामित्वका लागि सूचना निकालेको थियो । स्रोतका अनुसार ६ टिमका लागि १६ वटा आवेदन परेको छ । अब टिम छनोट, खेलाडी अनुबन्ध लगायतका प्रक्रिया अगाडि बढ्नेछ ।

पूर्व कप्तान समेत रहेका क्रिकेट संघका सचिव पारस खड्काले सबैको सहयोग चाहिएको बताए । उनले भने, ‘नेपाली त्रिकेटलाई हामी सबैको माया चाहिएको छ, नेपाल प्रिमियर लिगलाई साथ दिनुहोला ।’

नेपाल क्रिकेट संघ नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय