
६ भदौ, काठमाडौं । विगत एक महिनामा सेयर बजारको परिसूचक नेप्से १९ प्रतिशतले बढेको छ । साउन ६ गते २४८५ अंकमा रहेको बजार भदौ ५ गते कारोबार बन्द हुँदा २९६९ अंकमा छ । बजार बढ्दा अधिकांश कम्पनीको मूल्य पनि बढेको छ ।
तर केही कम्पनीको मूल्य भने बजार बढ्दा पनि घटेको छ । विगत एक महिनामा प्रायः लघुवित्त कम्पनीहरुको मूल्य घटेको देखिन्छ । लघुवित्त समूहको सूचक विगत एक महिनामा सबैभन्दा न्यून वृद्धि भएको समूह हो ।
यो समूहको सूचक विगत एक महिनामा जम्मा २.४ प्रतिशत मात्रै बढेको छ । साउन ६ गते ५२४३ मा रहेको लघुवित्त हाल ५३७३ अंकमा छ । लघुवित्त समूह नै सुस्त गतिमा बढ्दा केही कम्पनीको मूल्य भने घटेको छ ।
विगत एक महिनामा गणपति माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै २९.२४ प्रतिशत घटेको छ । सार्वजनिक चौथो त्रैमासिक वित्तीय विवरण अधिकांश माइक्रोफाइनान्स कम्पनीको सुधारोन्मुख देखिन्छ । तर बजारमा भने अरुको तुलनामा यस क्षेत्रप्रति आकर्षण बढ्न सकेको छैन । एक हाइड्रोपावरसहित ९ कम्पनीको मूल्य एक महिनामा १३ प्रतिशतभन्दा धेरै घटेको छ ।
विगत एक महिनामा मूल्य उच्च दरमा घटेका यी ९ कम्पनी
कम्पनी | हालको मूल्य | गिरावट दर प्रतिशत |
गणपति माइक्रोफाइनान्स | १६१४.२० | – २९.२४ |
आरम्भ चौतारी लघुवित्त | ११०९.६० | – २०.५२ |
स्वाभिमान लघुवित्त | १४१०.१० | – १६.९६ |
हिमालयन लघुवित्त | १०८४ | – १५.९० |
सिक्लेस हाइड्रोपावर | ७३६ | – १५.८७ |
विजय लघुवित्त | ९५० | – १५.५६ |
धौलागिरि लघुवित्त | १२१९.५० | – १४.१२ |
सामुदायिक लघुवित्त | १२१०.१० | – १३.९३ |
इनिफिनिटी लघुवित्त | १०६५ | – १३.८४ |
प्रतिक्रिया 4