+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते ११:१४

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले पेशागत तथा बुद्धिजीवी विभागलाई विस्तार गरेको छ । केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नेतृत्वमा रहेको विभागमा १० जना सदस्य थपिएको छ ।

सभापति शेरबहादुर देउवाले मनोनीत गरेका विभागका सदस्यहरुमा ललितपुरका डा. लोकनाथ दुलाल, पाल्पाका डा. विष्णु बस्याल, बाँकेका डा. तबस्सुम सिद्दिकी, कैलालीका देवराज अवस्थी छन् ।

त्यस्तै चितवनका मनबहादुर थापा, सप्तरीका दिलीपकुुमार झा, मोरङका मनोज घिमिरे, दैलेखका गणेश शाही, पर्वतका डम्बरबहादुर बिक र तेह्रथुमका विजय सम्बाहाङ्फे पनि मनोनीत भएका छन् ।

कांग्रेसको विभागमा प्रमुख सहित बढीमा ५१ जनाको समिति बनाउन मिल्ने व्यवस्था छ । कांग्रेसले ७० विभाग बनाउने तयारी गरेको कांग्रेसका ५५ विभागका प्रमुख तोकिएका छन् । केही विभागले सदस्य थपे पनि अधिकांशमा प्रमुख मात्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?