+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विश्वप्रकाशको दाबीः दुई पटक प्रधानमन्त्री र एक पटक राष्ट्रपति बन्ने प्रस्ताव केन्द्रीय समितिबाट पास हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १८:४७
फाइल फोटो ।

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकमात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बन्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले उक्त नीति प्रस्ताव गरेको बताएका हुन् ।

प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने बताए । अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उनको भनाइ छ ।

महामन्त्री शर्माले यो नीति पास भए भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्नेसमेत बताए । ‘कुनैपनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शितल शीतल मुद्रामा बिदा भएर जानुपर्छ’, उनले भने, ‘अनि प्रधानमन्त्री बन्दै गर्दा उहाँ चार चोटी बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे ? उहाँ ६ चोटी बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ ।’

आफूले राखेको प्रस्तावबारे पार्टीभित्र केही समस्या भइरहेकोसमेत महामन्त्री शर्माले खुलाए । ‘अलिअलि समस्या भइरहेको छ, विवाद भइरहेको छ । त्यसलाई विवाद भन्दा पनि छलफल साथीहरुको दृष्टिकोण साझा र सहमतिको रुपमा भोलि कांग्रेसको केन्द्रीय समितिबाट पास हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?