+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मध्यस्थताबाट विवाद समाधान गर्न बीमा प्राधिकरणले बनायो कार्यविधि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते १८:४१

१८ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थताबाट विवाद समाधान गर्न कार्यविधि जारी गरेको छ ।

प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वमा मेलमिलाप तथा मध्यस्थता समिति गठन गर्ने व्यवस्था गर्दै कार्यविधि जारी भएको हो । ऐनले बीमा प्राधिकरणलाई अर्धन्यायिक अधिकार प्रदान गरेको छ ।

समितिले बीमा प्राधिकरणमा आउने जटिल प्रकारका विवादको मेलमिलाप र मध्यस्थता गराउनेछ ।

‘प्राधिकरणमा दर्ता भएको कुनै उजुरीमा वा बीमक, बीमित वा बीमाका कुनै पक्षले मेलमिलाप वा मध्यस्थताको माध्यमबाट विवादको निरुपण गर्न प्राधिकरणमा निवेदन गरेमा सञ्चालक समिति आफैंले वा मेलमिलाप तथा मध्यस्थता समिति मार्फत यस कार्यविधि बमोजिमको प्रक्रिया पूरा गरी विवादको निरूपण गराउन सकिने,’ कार्यविधिमा उल्लेख छ ।

प्राधिकरणका अध्यक्ष संयोजक रहने मेलमिलाप तथा मध्यस्थता समितिमा प्राधिकरणका यर्काकारी निर्देशक, कानुन तथा नियमन महाशाखा प्रमुख र  उजुरी शाखा  प्रमुख समेत रहने व्यवस्था कार्यविधिले गरेको छ । अध्यक्षले तोकेको उजुरी शाखाको  एकजना अधिकृत सदस्य सचिव रहनेछन् ।

बीमा ऐनको दफा १३ को खण्ड (च) बमोजिम अध्यक्षले बीमक र बीमितबीचको विवादमा मध्यस्थता गर्न मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरू समितिले निरुपण गर्नेछ ।

त्यस्तै बीमकले बीमालेखमा उल्लिखित अवधिभित्र बीमितलाई बीमा दाबी भुक्तानी नगरेको, दायित्व निर्धारण नगरेको वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेको भनी बीमितले प्राधिकरण समक्ष उजुरी गरेमा त्यस्ता विवादमा ऐनको दफा १२८ को उपदफा (३) को खण्ड (क) बमोजिम उजुरवाला र बीमकबीच मिलापत्र गराउन सञ्चालक समितिले मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरू पनि समितिले निरुपण गर्नेछ ।

कुनै बीमक वा निजको कुनै सञ्चालक वा पदाधिकारी वा कर्मचारीले वा बीमा मध्यस्थताकर्ता वा अन्य बीमा सेवा प्रदायकले कुनै बीमितको हक हित विरुद्ध कुनै कार्य गरी निजलाई हानि नोक्सानी पुर्‍याएको भनि प्राधिकरणमा उजुरी प्राप्त हुनसक्छ ।

त्यस्तो उजुरीमा ऐनको दफा १२९ को उपदफा (४) बमोजिम उजुरीकर्ता र बीमकबीच मिलापत्र गराउन प्राधिकरणले मेलमिलाप तथा मध्यस्थता समितिमा पठाएका विवादहरू समितिले निरुपण गर्नेछ ।

ऐनको दफा १३० बमोजिम बीमकहरूबीचमा बीमा मध्यस्थताकर्ता बीचमा वा बीमक, मध्यस्थताकर्ता वा बीमाका अन्य पक्षहरूका बीचमा कुनै विवाद उत्पन्न भई आपसी समझदारीमा निरुपण हुन नसकेको खण्डमा विवादमा संलग्न पक्षहरूमध्ये कुनै एक पक्षले प्राधिकरणमा मेलमिलाप वा मध्यस्थताका लागि अनुरोध गर्न सक्नेछ ।

त्यस्तो विवादमा सञ्चालक समितिले मेलमिलाप वा मध्यस्थताको माध्यमबाट समाधान गर्न उक्त समितिमा पठाएमा तयसको निरुपण समेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?