+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सेयर बजारमा सबै सूचक घटे, नेप्से २५२९ अंकमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १५:१३

७ असोज, काठमाडौं । सोमबार सेयर बजारमा सबै सूचक घटेका छन् । नेप्से परिसूचक ५९ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २५२९ अंकमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो ।

प्रिओपनमा बजार बढे पनि नियमित कारोबार सुरु भएपछि भने निरन्तर बजार ओरालो लाग्यो ।

१४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.२७, विकास बैंक २.४६, फाइनान्स ५.५६, होटल तथा पर्यटन ३.३४, हाइड्रोपावर २.८९, लगानी २.७३, जीवन बीमा २.३५, उत्पादन १.८१, माइक्रोफाइनान्स २.५६, निर्जीवन बीमा २.६९, अन्य २.२२ तथा व्यापार समूह ३.९३ प्रतिशत घटे ।

हिमालयन हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ८.१, रावा इनर्जीको ५.३, नेपाल फाइनान्सको ५.१, मातृभूमि लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो ।

गुडविल फाइनान्स, समृद्धि फाइनान्स, इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । प्रोग्रेसिभ फाइनान्सको ८.५, रिलायन्स फाइनान्सको ८.४, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ८.३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर तथा सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?