+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

दशैं सुरक्षा योजना : कुकुरदेखि सीआरभीसम्म परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १८:०२

८ असोज, काठमाडौं। जिल्ला प्रहरी परिसर ललितपुरले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याएको छ । दशैं, तिहार, छठजस्ता पर्वहरुमा हुन सक्ने अपराध र विगतको अपराध शैलीलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेर लागू गरेको हो ।

चाडपर्वमा हुनसक्ने चोरी, पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झै–झगडा, विारी दुर्घटना, कालोबजारी, खाद्य पदार्थको कृतिम अभाव, पटाका तथा अतिसबाजीहरु जस्ता अपराधजन्य कार्यहरु न्यूनिकरणका लागि सुरक्षा योजना तयार पारेर कार्यान्वयन सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

जसअनुसार ललितपुर जिल्लाका १८३ स्थानमा एक सिफ्टमा १००८ जना प्रहरी एकसाथ परिचलान गरिने गरी व्यवस्था मिलाइएको उनले बताए। त्यसैगरी सातदोबाटो, लगनखेल, गोदावरी र प्याङ्गाउँ गरी चार ठाउँमा यात्रु सहायत कक्ष स्थापना गरिएको उनले बताए।

यसका साथैं कुकर परिचालन अर्थात डग स्निफिङ, क्वीक रेस्पोन्स भेइकल (सीआरभी)को समेत व्यवस्था गरिएको छ। आर्थिक कारोबार हुने ठाउँहरुमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?