 
																			१२ असोज, काठमाडौं। अविरल वर्षाका कारण सम्मेलन स्थल वरपर जलमग्न भएको भन्दै अखिल क्रान्तिकारीले तेस्रो दिनको बन्दसत्र स्थगित गरेको छ ।
अखिल क्रान्तिका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मीले सामाजिक सञ्जालमार्फत २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको आज असोज १२ गतेको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन् ।
‘अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको र अखिल (क्रान्तिकारी) को सम्मेलनस्थल वरपर जलमग्न भएको हुँदा अखिल(क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनको बन्दसत्रको आज असोज १२ गतेको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ।’ केन्द्रीय उपाध्यक्ष रेग्मीले सामाजिक सञ्जालमा भनेका छन् ।
उनका अनुसार बन्दसत्र भोलि असोज १३ गते ११ बजे बाट सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4