+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बाढी-पहिरोले कृषिमा पुर्‍याएको क्षतिबारे तथ्यांक संकलन गर्न कृषिमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १५:३३

१३ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षति यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षति सम्बन्धमा आइतबार कृषि मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले कृषि क्षेत्रमा के–कति क्षति पुर्‍याएको छ, यसको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन् ।

‘थुप्रै कृषि उपजमा बाढीले क्षति पुर्‍याएको सुनिएको छ , यसलाई सम्बोधन गर्न आवश्यक छ,’ मन्त्री अधिकारीले बैठकमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?