+
+

बीपी राजमार्गमा सुक्खा पहिरोमा पुरियो गाडी, आउजाउ ठप्प

कपिल कोइराला कपिल कोइराला
२०८१ असोज २५ गते ११:४२

२५ असोज, काभ्रे । सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोमो पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको छ ।

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको हो । यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

माथिबाट सुक्खा पहिरो झरीरहेकाले बाटो खुलाउन असहज भएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । पहिरो झर्न रोकिए १ घण्टामा राजमार्ग सञ्चालनमा आउने उनको भनाइ छ ।

सुनकोशी र रोशी खोलाले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आज बिहानबाट आठ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको थियो । तर केहीबेरमै खसेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्काले जानकारी दिइन् ।

पहिरोमा पुरिएको सुमोको पछाडिको भाग मात्र देखिएको छ । तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । सो सडकमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

लेखकको बारेमा
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?