 
																						फाइल तस्वीर								
											३० असोज, काठमाडौं । सगरमाथा क्षेत्र जान रामेछाप मन्थली पुगेका पर्यटक नियमित उडान अभावले अलपत्र परेपछि नेपाली सेनाको जहाजबाट उद्धार गरिने भएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले मन्थलीमा रोकिएका पर्यटकको विवरण उपलब्ध गराउन आफ्ना सदस्य कम्पनीसँग आग्रह गरेको छ ।
उनीहरूलाई नेपाली सेनाको जहाजबाट मन्थली–लुक्ला–मन्थली वा काठमाडौं–लुक्ला–काठमाडौं रुटमा स–शुल्क उडान गर्ने गरी सेनासँग समन्वय गरिएको टानले जनाएको छ ।
‘फस्ट कम फस्ट सर्भ’ सिद्धान्त अनुसार ट्रेकिङ एजेन्सीबाट प्राप्त हुने लिस्ट बमोजिम पर्यटकलाई प्राथमिकता साथ उडाइने र नेपाली सेनासँगको परामर्शपछि उडान समय र शुल्क तोकिने समेत टानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4