३० असोज, काठमाडौं । बुधबार सेयर बजारमा कुल ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४.६ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब १४ करोड रुपैयाँ बराबरको धितोपत्र खरिद हुँदा १ अर्ब ७७ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।
टप १० ब्रोकर कम्पनीमध्ये ८ मार्फत खरिद धेरै भएको छ भने २ मार्फत बिक्री धेरै भएको देखिन्छ । यस दिन सारेप्रो सेक्युरिटिजमार्फत सबैभन्दा धेरै रकमको कारोबार भएको छ ।
सो कम्पनीमार्फत ३९ करोड ३१ लाखको खरिद हुँदा २० करोड ४५ लाख रुपैयाँ बराबरको बिक्री भएको छ । सारेप्रोसहित, नासा, भिजन, सनी, अनलाइन, आर्यतारा,सुमेरु र प्रिमियरमार्फत खरिद धेरै भएको छ ।
इम्पेरियल र लिन्चमार्फत बिक्री धेरै भएको छ । यी ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीहरुमा एनआईसी एसिया बैंक, नेपाल फाइनान्स, शिवम् सिमेन्ट, अरुणभ्याली हाइड्रोपावर, मुक्तिनाथ विकास बैंक लगायत कम्पनी छन् ।
टप १० ब्रोकरमार्फत बुधबार भएको किनबेच (रकम करोडमा)
| कम्पनी | खरिद रकम | बिक्री रकम |
| सारेप्रो, ६५ | ३९.३१ | २०.४५ |
| नासा, ५८ | ३१.६९ | २५.०५ |
| भिजन, ३४ | २७.९९ | १९.१८ |
| सनी, ४२ | २३.२२ | १९.२१ |
| इम्पेरियल, ४५ | १५.६७ | १९.२३ |
| अनलाइन, ४९ | १७.४३ | १५.३३ |
| आर्यतारा, ५७ | १७.५६ | १५.०९ |
| लिन्च, ४१ | १३.८८ | १८.४५ |
| सुमेरु, ३९ | १४.८९ | १२.५४ |
| प्रिमियर, ३२ | १२.९३ | १२.५६ |
प्रतिक्रिया 4