+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

महोत्तरी र पर्साका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १५:२८
फाइल तस्वीर

१२ मंसिर, काठमाडौं । गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन् ।

मन्त्री लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका हुन् ।

कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको थियो । अर्यालमाथि केही दिन अगाडि अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ ।

गृह मन्त्रालयको सचिवालय स्रोतले भन्यो, ‘दुवै जिल्लाका सीडीओहरूलाई आइन्दा प्रश्न उठ्ने किसिमको गतिविधि नगर्न चेतावनी दिँदै जिल्ला पठाइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?