 
																			काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अटो व्यवसायीलाई देशमै एसेम्बल मात्र नभई उत्पादनतर्फ पनि लाग्नुपर्नेमा जोड दिएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८औं वार्षिक साधारणसभामा मन्त्री दाहालले विद्युतीय सवारी आजको समयको महत्त्व र आवश्यकता दुवै भएको बताए ।
‘विद्युतीय सवारीसाधनका लागि सरकारले पूर्वाधार ब्याकअपको काम गरिरहेको छ । यसलाई सरकारले गम्भीर रूपमा लिएको छ,’ उनले भने ।
मन्त्री दाहालले ब्याट्री व्यवस्थापनका विषयमा पनि सरकारले ध्यान दिएको बताए ।
‘ब्याट्री व्यवस्थापनमा चुनौती छ तर यसमा आत्तिहाल्ने विषय भने होइन, संसारभरिको चुनौती हो,’ उनले भने, ‘सरकारले बनाउने नीतिका विषयमा व्यवसायी र सरकारबीच छलफल हुनुपर्छ ।’
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4