+
+

ज्योति समूह विभाजित, बन्यो पद्म ज्योति समूह

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते १४:२४

काठमाडौं । ज्योति समूह विभाजित भएको छ । ज्योति समूहबाट विभाजित समूहले पद्म ज्योति समूह घोषणा गरेको छ । यो घोषणालाई परिवर्तनले खोजेको प्रगति, अनुकूलता र नयाँ अवसरको खोजीलाई समर्पण गर्ने उल्लेख छ ।

पद्म ज्योति समूहले यो घोषणालाई विकास र सृजनशीलताको नयाँ यात्राको सुरुवात पनि भनेको छ । धेरै बाधा र चुनौतीहरू पार गरेता पनि यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै, निरन्तर अघि बढिरहेको जनाएको छ ।

पद्मा ज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको उल्लेख गरेको छ ।

‘हामी अगाडि बढिरहँदा, विकास र सृजनशीलताका लागि नयाँ अवसरहरू खोज्दै हाम्रा ग्राहकहरूले अपेक्षा गर्नुभएको उच्च गुणस्तर कायम राख्न प्रतिबद्ध छौं,’ पद्म ज्योति समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दूरदर्शी नेतृत्वहरू पद्म ज्योति, सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुह्रिद ज्योति र आरती ज्योतिको मार्गदर्शनले यो नयाँ अध्याय सुरु गर्न पाउँदा निकै उत्साहित भएको सो ग्रुपको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?