+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १०:१०
लमही नगरपालिका वडा नम्बर ९ मा दुर्घटनाग्रस्त बस । फोटो : शिबु खनाल

१ पुस, लमही । दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

लमही–कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् ।

घाइतेहरुलाई लमही अस्पतालमा उपचारका लागि ल्याइएको छ । गम्भीर अवस्थाका घाइतेलाई आफन्तको जिम्मा लगाउँदै रिफर गर्ने काम पनि भइरहेको छ ।

चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?