 
																			११ पुस, काठमाडौं । अवैध रुपमा ओसारपसार हुन लागेको चकलेटसहित भ्यान सशस्त्र प्रहरी बलले पर्साबाट नियन्त्रणमा लिएको छ । पर्साको वीरगंज महानगरपालिका–१४ पावरहाउस चोक बुधबार उक्त भ्यान नियन्त्रणमा लिइएको हो ।
भारतबाट अवैध रुपले ना १ ज ७८४५ नम्बरको म्याजिक भ्यानमा राखी नेपालतर्फ ल्याउँदै गरेको चक्लेट प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।
बरामद चक्लेट तथा भ्यान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । बरामद चक्लेट तथा भ्यानको भन्सार दाखिला मूल्य १० लाख रुपैयाँ रहेको र भ्यान चालक भने फरार रहेको थापाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4