+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

देशभरका स्थानीय तहको वेबसाइट डाउन

देशभरका स्थानीय तहको अधिकांश वेबसाइटमा समस्या आएको छ । काठमाडौं महानगरपालिकासहित केही पालिकाको वेबसाइट चलेपनि अधिकांश वेबसाइटमा समस्या आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ११ गते १८:५७

११ पुस, काठमाडौं। देशभरका स्थानीय तहको अधिकांश वेबसाइटमा समस्या आएको छ ।

काठमाडौं महानगरपालिकासहित केही पालिकाको वेबसाइट चलेपनि अधिकांश वेबसाइटमा समस्या आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार प्राविधिक कारण देखाउँदै स्थानीय तहका वेबसाइट नचलेको हो । ‘यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं,’ गाउँपालिकाहरूको वेबसाइटमा यस्तो भनिएको छ ।

यता, नगरपालिका र उपमहानगर तथा महानगरको वेबसाइटमा कुनै सूचनाविनै डाउन छ।

‘के कारणले साइट नचलेको हो भनेर प्राविधिक चेकजाँच भइरहेको छ। छिट्टै समस्या समाधान गर्न मन्त्रालयको प्राविधिक टोली खटिरहेको छ,’ संघीय मामिलाका प्रवक्ता  पराजुलीले अनलाइनखबरसँग भने।

केही पालिकाको आजबाट नचलेको भने केहीको हिजैदेखि वेबसाइट डाउन छ। वेबसाइट नचल्दा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूसमेत असर परेको छ ।

पछिल्लो समयमा स्थानीय तहको वेबसाइटहरूमा लगातार समस्या आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?