+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति

सबै तहका सरकारहरूको हिसाब खोज्न केन्द्रीय समितिको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २५ गते १५:०४

२५ पुस, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा विश्वभक्त दुलाल (आहुति) चयन भएका छन् ।

पार्टीको पहिलो राष्ट्रिय सम्मेलनले आहुति नेतृत्वमा ५१ सदस्यीय केन्द्री समिति बनाएको छ । सो पार्टीको राष्ट्रिय सम्मेलन गत १९ देखि २१ पुससम्म काठमाडौंमा भएको थियो ।

बिहीबार सम्मेलनका निर्णय सार्वजनिक गर्दै महासचिव आहुतिले छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरू एक हुनका लागि पहल गर्ने निर्णय भएको जानकारी गराएका छन् ।

त्यस्तै, क्रान्तिकारी शक्तिहरूका बीचमा संयुक्त मोर्चा निर्माण गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नयाँ उचाईमा संघर्षको उठान गर्ने निर्णय पनि भएको जानकारी गराइएको छ ।

सम्मेलनपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकले तीन महिने कार्ययोजना निर्माण गर्ने निर्णय पनि जारी प्रेस विज्ञप्तिमा बताइएको छ ।

जसअन्तर्गत माघ २० गतेसम्म सबै ब्यूरोस्तरीय प्रशिक्षण सम्पन्न गर्ने, फागुन र चैत्र महिनामा २ महिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

‘अभियानको क्रममा सबै तहका सरकारहरूको हिसाब खोज्ने, भ्रष्टहरूलाई कारबाही गर्ने, जनताका समस्याहरु समाधान गर्न पहल लिने निर्णय गरेको छ। अभियानको उत्कर्षको रुपमा चैत्र २४ गते देशव्यापी प्रदर्शन गर्ने तथा चैत्र अन्तिम साता केन्द्रीय पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?