+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारवादी मुद्दामा पीडितसँग मिलापत्र भए दण्ड–जरिवाना माफी हुने

पुनरावेदन गर्दा बिगो, जरिवाना पूरै धरौटी राख्न नसके थुनामा बस्नुपर्ने व्यवस्था परिवर्तन गरी सुरु धरौटीको १५ प्रतिशत मात्र धरौटी राखे पुग्ने व्यवस्था पनि गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते २३:३२

२६ पुस, काठमाडौं । सरकारले सरकारवादी मुद्दामा पीडितसँग मिलापत्र भए दण्ड जरिवाना माफी हुने कानुनी व्यवस्था गर्न लागेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् त्यस्तो कानुनी व्यवस्था गर्न लागेको हो ।

सार्वजनिक सेवा सहजीकरण गर्न केही कानुनहरू संशोधन गर्ने उद्देश्यले सरकारले अध्यादेश ल्याएको हो ।

कसुरजन्य सम्पत्ति र कसुरमा संलग्न साधन जफत गर्ने व्यवस्था अध्यादेशमा छ । तर, फैसला कार्यान्वयनको तहमा केही सरकारवादी मुद्दामा मिलापत्र गरी पीडितलाई रकम भराउने मौका दिने र पीडितसँग मिलापत्र गरेमा दण्ड जरिवाना माफी हुने व्यवस्था सरकारले गरेको छ ।

यस्तै, पुनरावेदन गर्दा बिगो, जरिवाना पूरै धरौटी राख्न नसके थुनामा बस्नुपर्ने व्यवस्था परिवर्तन गरी सुरु धरौटीको १५ प्रतिशत मात्र धरौटी राखे पुग्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?