+
+

चार महिनापछि कोशी प्रदेशसभाको अधिवेशन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १६:०९

२८ पुस, विराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले हिँउदे अधिवेशन आह्वान गरेका छन् ।

आइतबार बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गतेबाट हिँउदे अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभा आह्वान भएको हो ।

प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाका अनुसार माघ ७ गते दिउँसो २ बजे बस्नेगरी अधिवेशन आह्वान भएको छ ।

गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?