 
																			७ माघ, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले सरकारको हालखबर सोधेका छन् । प्रदेश सभाको छैटौं हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राईले सरकारको हालखबर सोधेका हुन् ।
विकास निर्माणको काम गर्न वर्तमान सरकारले चासो नदिएको बताउँदै उनले प्रश्न गरे– ‘सरकारको हालखबर कस्तो छ ?’
सरकारको कार्यशैलीको चर्को आलोचना गरेका राईले विनियोजित बजेट कार्यान्वयन गराउन सरकार चुकेको चर्चा गरे । ‘यो बिचमा धेरै जिल्ला र गाउँ डुलियो, यसरी डुल्दा देखियो, योजनाको प्रगति छैन, ठेक्का लागेका बहुवर्षीय योजनामा कुनै प्रगति छैन,’ उनले भने, ‘यसैले सरकारको हालखबर सोध्न मन लाग्यो ।’
उनले बहुवर्षीय योजनाको काम पनि नगर्ने, क्रमागत पनि नगर्ने हो भने सरकार किन चाहियो भन्ने उनको अर्को प्रश्न थियो । उनले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिइँदा पनि भेदभाव गरिएको गुनासो गरे ।
‘पूर्वमुख्यमन्त्रीलाई सवारीसुविधा दिँदा घुमाएर, मिलाएर एकजनालाई मात्रै दिइयो, त्यो पनि को भन्दा अदालतले तीनपटकसम्म विभिन्न कारणले अमान्य ठहर गरेको व्यक्ति,’ उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4