
१२ माघ, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा दलीय भागबन्डा भएको भन्दै आपत्ति जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग, क्याम्पस लगायतका विभिन्न अन्य निकायमा दलीय भागबण्डा गरिएको भन्दै नेविसंघ यो मान्य नहुने बताएको हो ।
विश्वविद्यालयका प्राज्ञिक पदहरूमा नै दलीय भागबन्डा गर्नु उचित नभएको भन्दै नेविसंघले यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4