१४ माघ, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।
आगामी फेब्रुअरीमा हुन लागेको चार देशीय महिला च्याम्पियन्सीप फुटबलअघि तामाङलाई प्रशिक्षकमा नियुक्त गरिएको हो ।
तामाङको प्रशिक्षणमा यसअघि महिला फुटबल टोलीले साफ महिला च्याम्पियनसीप खेलेको थियो जहाँ उपविजेता भएको थियो । फाइनलमा बंगलादेशसँग पराजित भएपछि तामाङले मौखिक रूपमा राजीनामाको घोषणा गरेका थिए ।
यद्यपी उनी नेपाल, कीर्गिस्तान, लेबनान र म्यानमारबीच हुन लागेको फुटबल च्याम्पियनसीपका लागि पुनः टोलीको प्रशिक्षकका रूपमा फर्किएका हुन् ।
नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा प्रतियोगिता सञ्चालन हुँदै छ ।
प्रतिक्रिया 4