+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जुन आशले रुघाखोकी लाग्दा आईसीयूका तस्वीर देखाइयो, त्यो पूरा हुँदैन : प्रधानमन्त्री

‘तपाईंहरूले पनि देख्नुभयो हाला । सुन्नुभयो होला । मलाई रुघा लागेको थियो । अहिले पनि राम्रै निको भइसकेको छैन । एन्टिबायोटिक खाँदा अलिक कमजोर बनाएको छ, कुरा त्यत्ति हो । जे आशले आईसीयूमा देखाउँछन्, त्यो आश पुग्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १५:१२
फाइल तस्वीर

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्वीर देखाइएको भन्दै त्यसतर्फ गुनासो गरेका छन् ।

आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् ।

ओली केही दिनदेखि स्वास्थ्य समस्या भएर निवासमै आराम गरिरहेका थिए । उनलाई चिकित्सकहरूले लामो यात्रा नगर्न आग्रह गरेपछि गत शुक्रबार भर्चुअल माध्यमबाटै सिद्धबाबा सुरुङको ब्रेक थ्रु लगायतका कार्यक्रम उद्घाटन गरेका थिए ।

आफू सामान्य बिरामी भएको र अहिले पनि कमजोर नै रहेको प्रधानमन्त्रीको भनाइ छ ।

केहीदिनपछि सार्वजनिक कार्यक्रममा देखा परेका प्रधानमन्त्री ओलीले भने, ‘मेरो अलि अलि स्वास्थ्य राम्रो छैन । रुघाखोकी अलिक नराम्रोसँग लाग्यो । तर, मलाई रुघाखोकी, हाच्छ्युँ गरेको देख्यो भने आईसीयूमा भेन्टिलेटर लगाएको वा अक्सिजन माक्स लगाइरहेको फोटो आइहाल्छ ।’

उनले जुन आशले आफ्नो त्यस्ता तस्वीर देखाइएको हो त्यो पुग्ने अवस्था नभएको पनि जिकिर गरे ।

‘तपाईंहरूले पनि देख्नुभयो हाला । सुन्नुभयो होला । मलाई रुघा लागेको थियो । अहिले पनि राम्रै निको भइसकेको छैन । एन्टिबायोटिक खाँदा अलिक कमजोर बनाएको छ, कुरा त्यत्ति हो । जे आशले आईसीयूमा देखाउँछन्, त्यो आश पुग्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?