१४ माघ, काठमाडौं । नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठक सकिएको छ । नयाँबानेश्वरस्थित ल्होत्से हलमा बसेको आजको बैठकमा १७ जना सांसदले आफ्ना धारणा राखेका थिए ।
पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा रहेका मन्त्रीहरूको कार्यसम्पादन, सरकारले हालै ल्याएका अध्यादेश र प्रतिनिधिसभाको आसन्न अधिवेशनमा केन्द्रित रहेर सांसदहरूले धारणा राखेको प्रमुख सचेतक श्याम घिमिरले जानकारी दिए ।
उनले आज सबै सांसदले बोल्न नभ्याइएकाले १८ माघको बिहान साढे ८ बजे पुनः बस्ने गरी दलको बैठक स्थगित भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4