
काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको डीएभी कलेज (प्लस टु) ले उपत्यकाव्यापी छैटौं फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
१६ माघमा आयोजना हुने प्रतियोगितामा सुरुमा दर्ता हुने काठमाडौं उपत्यकाभित्रका ४० वटा टिमलाई सहभागी गराइने कलेजले जनाएको छ ।
प्रतियोगितामा विजेता हुने टिमले ३ लाख रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र र उपविजेता टिमले २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउने कलेजका प्रिन्सिपल सुमन बस्नेतले जानकारी दिए ।
साथै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक तथा उत्कृष्ट खेलाडीलाई जनही१५ हजार रुपैयाँ नगद प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा सुरुमा दर्ता हुने काठमाडौं उपत्यकाभित्रका ४० वटा टिमलाई सहभागी गराइने कलेजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4