+
+

प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १७:०४

१७ माघ, काठमाडौं । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेशको अध्यक्षमा लक्ष्मण दर्नाल सर्वसम्मत निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौंमा सम्पन्न पाचौं अधिवेशनले दर्नालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समावेशी उपाध्यक्षमा बिबेक लोप्चन, खुला उपाध्यक्ष बिजय फुयाल, महिला उपाध्यक्षमा पार्वती खड्का सर्वसम्मत निर्वाचित भए ।

महासचिवमा बिमल खड्का, सचीव (दलित) हरि जिज्ञासु, महिला सचीव समुन्द्रा घिमिरे, जनजाति सचीव प्रेम कुमार श्रेष्ठ, मधेसी सचीव रमिता यादव, खुला सचीव इश्वर बिश्वकर्मा र कोषाध्यक्षमा हरि रिमाल सर्वसम्मत रुपमा निर्वाचित भए ।

सदस्यहरुमा कृष्ण सिसाल, हरि दुलाल, कुल बहादुर ओली, गणेश पाण्डे, कुमार बिबेकानन्द मिश्र, लक्ष्मण दंगाल, समुन्द्र गिरि, नारायण विश्वकर्मा, बिरेन्द्र धामी र काशीराम जैसी सर्वसम्मत रुपमा चयन भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?