+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तस्करीका सामान किनबेचमा साढे ३ करोडको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते १८:४३

१७ माघ, काठमाडौं । भन्सार चोरी पैठारी भएर आएका सामान किनबेच गरेको आरोपमा एक व्यक्तिविरुद्ध करिब साढे तीन करोड रुपैयाँको मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान कार्यालय बुटवलमार्फत अलिम मियाँ नाम गरेका व्यक्तिविरुद्ध तीन करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ बराबरको भन्सार छली तथा राजश्व चुहावटको मुद्दा दायर भएको हो । उनीविरुद्ध १५ माघमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर भएको राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

बुटवल उपमहानगरपालिका–५ स्थित नेपालगञ्ज रोडमा रहेको अलिम इन्टरप्राइजेजका सञ्चालक मियाले बिनास्रोतका भन्सार चोरी पैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेर राजश्व चुहावट गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?