 
																			२० माघ, गोरखा । गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा एकजना व्यक्तिको शव फेला परेको छ ।
शनिबार नदी किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ‘हेर्दा ५०-५५ वर्षको पुरुषको शव जस्तो देखिन्छ,’ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याएका छौ ।’
स्थानीयले शव देखेर खवर गरेपछि शर्मा नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरी र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोली मिलेर शव निकालेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4