+
+

धनगढीको नोभा हस्पिटलको शौचालयमा मृत भेटिए बिरामी कुरुवा

धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले शौचालयको ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते ८:२३

२४ माघ, धनगढी । धनगढीको नोभा हस्पिटलमा बिरामी कुरुवा बसेका एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् ।

बुधबार राति २ बजेतिर कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रविन्द्र राना हस्पिटलको शौचालयमा लडेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्रसिंह बोहराले १७ महिनाका भतिजा दिभानको कुरुवा बसेका राना शौचालयमा मृत अवस्थामा फेला परेको बताए । उनका अनुसार राति २ बजेतिर राना शौचालय गएका थिए ।

धेरैबेरसम्म नफर्किएपछि हस्पिटलका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेको डीएसपी बोहराले बताए ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?