+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेस संसदीय दलको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २४ गते ११:१७

२४ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । संसद भवनको ल्होत्से हलमा जारी बैठकमा सरकारले ल्याएका अध्यादेशबारे कसरी प्रस्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल भइरहेको छ ।

संघीय संसदबाट आज अध्यादेश स्वीकृत गर्ने तयारी छ । अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ ।

आजको बैठकमा गत माघ १८ गते बसेको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचनभन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेको विषयमा पनि छलफल हुने बताइएको छ । सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?