२४ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले भेट गरेका छन् ।
बिहीबार पुल्चोकस्थित महानगर प्रमुख महर्जनको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, हित लगायत बारेमा छलफल भएको छ ।
तोरुसँगको भेटमा महानगर प्रमुख महर्जनले जापान सरकारले उपलब्ध गराएको आर्थिक सहयोगबाट पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको जानकारी गराउँदै छिट्टै उद्घाटन गरिने बताएका थिए ।
राजदूत तोरुसँगको भेटमा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य लगायत उपस्थिति रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
            
                            
                            
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4