+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विवाहित महिलाको ब्युटी पेजेन्ट ‘मिसेस नोवेल नेपाल’को उपाधि सन्ध्यालाई

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २७ गते १७:०४

काठमाडौं । ‘मिसेस नोवेल नेपाल २०२५’को उपाधि सन्ध्या लामिछानेले जितेकी छन् । राजधानीमा आयोजित फिनालेमा सौन्दर्यकर्मी समेत रहेकी उनले ताज पहिरिइन् ।

जितसँगै उनले ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५’को लागि जापान प्रस्थान गर्ने मौका समेत पाएकी छन् । फिनालेमा अभिनेता समेत रहेका निर्णायक रमेश उप्रेतीको प्रश्नमा गहकिलो उत्तर दिँदै सन्ध्याले उपाधि जितेकी हुन् ।

हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित प्रतियोगिताको उपविजेता सर्वण जोशी र सहविजेता रेखा भट्टराई घोषित भए । प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।

प्रतियोगीले उनीबाट व्यक्तित्व विकास र प्रतिस्पर्धाको विविध विषयमा प्रशिक्षण लिएका थिए । फिनालेमा सहविधाका विजेता समेत घोषणा गरिएको थियो । जसमा विजेता समेत रहेकी लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ, सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना बिक मोस्ट स्मार्ट, प्रीति खड्का बेस्ट फोटोजेनिक, आकांक्षा गजमेर बेस्ट क्याटवाक, शर्मीला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासोनेट र पेशल कुमारी खड्काले मोस्ट कन्फिडेन्ट विधा सफल भए ।

निर्णायकमा अभिनेता उप्रेती, अभिनेता मनिष राउत, मिस नेपाल आइडल निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे थिए । विवाहित महिलाको क्षमता, प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतिस्पर्धा गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?