+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

रहिनन् पञ्चायतकालकी चर्चित नानीमैयाँ दाहाल

पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने

पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएपछि नानीमैयाँ दाहाल चर्चामा आएकी थिइन् ।

रासस रासस
२०८१ माघ २८ गते १८:३५

२८ माघ, काठमाडौं । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए ।

पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । त्यसपछि उनी चर्चामा आएकी थिइन् ।

सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । उनको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?