 
																			१२ फागुन, काठमाडौं । फागुन १४ गते मनाइने शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ४ हजार जना स्वयंसेवक खटाइने भएको छ ।
पशुपति क्षेत्रविकास कोषले सोमबार पत्रकार सम्मलेन गर्दै दर्शन, लाइन सहजीकरणका लागि स्वयंसेवक खटाउने जानकारी दिएको हो ।
महाशिवरात्रि प्रचारप्रसार तथा साजसज्जावट व्यवस्था उपसमितिका संयोजक राजु खत्रीले ४ हजार स्वयंसेवक खटाउने तयारी गरेको बताए ।
उनले पत्रकार सम्मेलनमा भने, ‘यसपटक महाशिवरात्रि पर्वमा ४ हजार स्वयंसेवक खटाउने तयारी गरेका छौं।जसमा नेपाल स्काउट, लायन्स क्लब, विश्व हिन्दु युवा परिषद लगायतका ४१ स्वयमसेवी संस्थाहरूका स्वयमसेवीहरू परिचालन हुनेछन् ।’
उनका अनुसार स्वयंसेवकहरु दर्शन लाइनको सहजीकरणका लागि बाहिरी क्षेत्रमा मात्र परिचालन गरिने छ भने शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको उनले बताए । गाँजा चरेश खाएर शिवरात्री पर्व मनाइन्छ भन्ने सन्देशलाई गलत ठहर्याउने उनको भनाइ छ ।
शिवरात्रीमा पशुपति क्षेत्रको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन् । सादा पोशाकमा पनि प्रहरी परिचालन गरी मेला क्षेत्रको अनुगमन गर्ने संयोजक खत्रीले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4