+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

रिलिज पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिली’को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते २१:४४

काठमाडौं । रिलिजको पूर्वसन्ध्यामा फिल्म ‘फेरि रेशम फिलिली’को ग्राण्ड प्रिमियर गरिएको छ । क्यूएफएक्सको लाबिम हलमा आयोजित प्रिमियर समारोहमा फिल्मकर्मीको खचाखच उपस्थिती रह्यो ।

फिल्मको कलाकार, निर्देशक, निर्माता र प्राविधिकको उपस्थिती रहेको प्रिमियर समारोहमा ऋचा शर्मा, निश्चल बस्नेत, अशोक शर्मा, दीपक शर्मा, कृषा चौलागाईं, रविन्द्र झा, शिल्पा मास्के, सुमन कार्की, विशाल भण्डारी, भरतमणी पौड्याल, अर्जुन कुमार, सरोज न्यौपाने लगायत पुगेका थिए ।

फिल्मका शीर्ष कलाकार विनय श्रेष्ठ, सुुपुष्पा भट्ट, मेक्सम गौडेल लगायतका कलाकार पनि उपस्थित देखिए । निरोज महर्जन निर्देशित यो फिल्म शिवरात्री अवसरमा बुधबारदेखि देशब्यापी प्रदर्शन हुँदैछ । अमेरिका मोहको कथामा बनेको कमेडी तथा सोसल ड्रामा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

यो फिल्म दशकअघिको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला हो । फिल्ममा कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमा आर्ट र भी मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको फिल्मका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्मातामा एनि थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?