 
																			१५ फागुन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले पूर्ण अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका २३ वर्षीय मुकेशकुमार महतोलाई प्रजिअ रामुराज कडरियाले नागरिकता प्रदान गरेका हुन् ।
११ वर्षको उमेरमा पोलियो लागेपछि उनी पूर्ण अपाङ्गता भएका थिए । उनी ओछ्यानबाट यताउता हलचल गर्न सक्दैनन् ।
मुकेश पूर्ण अपाङ्गता रहेको थाहा पाएपछि उनलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ कडरियाले बताए ।
नागरिकता पाएसँगै मुकेशले अपाङ्गता भत्ता पाउने बाटो पनि खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4