 
																			२१ फागुन, हेटाैंडा । मकवानपुरकाे मनहरी गाउँपालिकामा नवजात शिशुकाे शव फेला परेकाे छ ।
मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारकाे डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार शिशुकाे शव फाल्नेकाे पहिचान हुन सकेकाे छैन ।
२० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएकाे खबरपछि प्रहरी निरीक्षक विशाल सापकोटाकाे कमाण्डमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेकाे छ ।
शिशुलाई करिब २ दिन अगाडि जन्माएर डम्पिङसाइटमा फालेकाे हुन सक्ने डिएसपी अर्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4