+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

२८२१ अंकमा झर्‍यो सेयर बजार, व्यापारबाहेक सबै सेक्टर घटे

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १५:१४

२१ फागुन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५.१६ अंक घटेको छ ।

सो अंकको कमीपछि नेप्से २८२१ मा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब ९४ करोडको कारोबार भएकोमा आज १० अर्ब ९७ करोडको भयो । तीन दिनदेखि बजार लगातार झरेको छ । तीन दिनमा बजारले कुल ६९ अंक गुमाएको छ ।

बुधबार ६२ कम्पनीको मूल्य बढ्दा १७४ को घट्यो भने ८ को स्थिर रह्यो । व्यापार बाहेक सबै सेक्टर घटेका छन् । व्यापार ०.४३ प्रतिशत बढ्यो ।

व्यापार समूहमा दुई कम्पनी विशाल बजार र साल्ट ट्रेडिङ मात्रै सूचीकृत छन् । विशाल बजार कम्पनीको मूल्य ०.५४ प्रतिशत बढ्दा समग्र सेक्टर बढेको हो ।

बैंकिङ १.०४, विकास बैंक १.३१, फाइनान्स १.५५, होटल तथा पर्यटन १.०५, हाइड्रोपावर ०.३७, लगानी १.२४, जीवन बीमा १.४५, उत्पादन ०.९४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा १.५१ तथा अन्य समूह ०.७६ प्रतिशत घटे ।

समाज लघुवित्त, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माउन्टेन हाइड्रो नेपालको ८.८२ तथा गुराँस लघुवित्तको ७.४२ प्रतिशत मूल्य बढ्यो । त्यस्तै ग्रिन डेभलपमेन्टको ६.८, सप्तकोशी विकासको ५.५ तथा उपकार लघुवित्तको ४.७ प्रतिशत मूल्य घट्यो ।

हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ९६ करोड रुपैयाँको कारोबार भयो । हिमालयन रिपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, सगरमाथा जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?