+

अभिषेक चर्ज रजहर सैनामैना गोल्डकपको फाइननलमा

२०८१ फागुन  २५ गते १९:१९ २०८१ फागुन २५ गते १९:१९
अभिषेक चर्ज रजहर सैनामैना गोल्डकपको फाइननलमा

२५ फागुन, बुटवल । अभिषेक चर्ज रजहर रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ । सैनामैना फुटबल रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २–० ले हराउँदै अभिषेक चर्च फाइनलमा प्रवेश गरेको हो ।

अभिषेक चर्जको तर्फबाट विदेशी खेलाडी मार्टिनेसले एक्लै २ गोल गर्दै टिमलाई फाइनल पुर्‍याएका हुन् ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा अभिषेक चर्च रजहरले दुई गोल गरेको थियो ।

विदेशी खेलाडी मार्टिनेसले ६८औं मिनेटमा पहिलो गोल गरेका थिए भने त्यसको दश मिनेटपछि दोस्रो थोल गर्दै अग्रता दोब्बर पारे । घरेलु मैदानमै आयोजक टिम भने स्तब्ध बन्यो ।

दुई गोल गरेका मार्टिनेस नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल महावीर क्लब काठमाडौं र कपिलवस्तु ११ बीच सोमबार दिउँसो ३ बजे हुनेछ ।

मुर्गिया फुटबल क्लब, सैनामैनाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख र उपविजेताले ४ लाख प्राप्त गर्नेछन् ।

सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीले नगद ४०–४० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

सैनामैना गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय