+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विदेश भ्रमण र शिक्षामा बाहिरियो १ खर्ब १२ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २६ गते १८:२५

२६ फागुन, काठमाडौं । साउनदेखि माघ मसान्तसम्मको ७ महिना अवधिमा विदेश भ्रमण तथा शिक्षाका लागि नेपालबाट १ खर्ब १२ अर्ब ९२ करोड रुपैयाँ रकम बाहिरिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा भ्रमणका लागि ४८ अर्ब ७७ करोड रुपैयाँ बराबर रकम बाहिरिएको छ । त्यस्तै अध्ययन तथा शिक्षाका लागि ६४ अर्ब १५ करोड रुपैयाँ बराबर रकम बाहिरिएको छ । त्यस्तै स्वास्थ्य सेवाका लागि ३६ करोड ४४ लाख रुपैयाँ बाहिरिएको छ ।

यद्यपि उच्च रेमिट्यान्सका कारण नेपालको भुक्तानी अवस्था बचतमै छ । सात महिनामा मुलुकको शोधनान्तर स्थिति (भुक्तानी स्थिति) २ खर्ब ८४ अर्ब रुपैयाँ बचतमा छ । यसको अर्थ मुलुकबाट बाहिरिनेभन्दा मुलुकमा भित्रिने रकम २ खर्ब ८४ अर्ब रुपैयाँ बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?