+
+
Shares

नेपाल कमर्स क्याम्पसको स्ववियु अध्यक्षमा काशीरामको उम्मेदवारी

काशीरामले समाजवादी मोर्चाको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १४:५९

२७ फागुन, काठमाडौं । नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा काशीराम जैसीले उम्मेदवारी दिएका छन् ।

काशीरामले समाजवादी मोर्चाको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका हुन् । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) रहेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिँदै जैसीले विद्यार्थीतन्त्रमा ठूलो परिवर्तन ल्याउने उद्देश्य राखेको बताए ।

शैक्षिक सुधार, विद्यार्थीहरूको आवाजलाई मजबुत बनाउने र क्याम्पसको समग्र विकास गर्ने योजना रहेको उनले बताए ।

उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुन अर्थात बुधबार तोकिएको छ । बुधबार नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

२९ फागुनमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक हुनेछ । आगामी ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?