+

मधेशलाई ७५ रनमा अलआउट गर्दै लुम्बिनीको चौथो जित

२०८१ चैत  ४ गते १५:२२ २०८१ चैत ४ गते १५:२२
मधेशलाई ७५ रनमा अलआउट गर्दै लुम्बिनीको चौथो जित

४ चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले चौथो जित निकालेको छ । देउखुरीमा भएको खेलमा लुम्बिनीले प्रदेशलाई ८३ रनले हराएको हो ।

लुम्बिनीले दिएको १५९ रनको लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा अलआउट भयो । दिपेश दासले २३ रन बनाउँदा हरिशंकर साहले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका रमेश कुर्मीले ८ ओभरमा १० रन दिएर ४ विकेट लिए । बिप्राशन केसीले ३ तथा कप्तान देव खनाल र अजय चौहानले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४६ ओभरमा अलआउट हुँदै १५८ रन बनाएको थियो । आकाश त्रिपाठीले सर्वाधिक ७३ रन बनाए । कृष्ण कार्कीले ३३ तथा कप्तान देव खनालले १६ रन बनाए ।

मधेशका लागि विशाल पटेलले ५ ओभरमा १३ रन दिएर ३ विकेट लिए । कमल गुप्ताले १० ओभरमा ४२ रन दिएर ३ विकेट लिए । हरिशंकर साह, प्रदिप पासवान र रन्जित कुमारले १-१ विकेट लिए ।

मधेश प्रदेशले हालसम्म ४ खेल खेल्दा १ जित निकालेको छ भने लुम्बिनीले ५ खेलमा चौथो जित निकालेको हो ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय