७ चैत, काठमाडौं । दिपेन्द्र रावत र अर्जुन घर्तीले अर्धशतकसहित शतकीय साझेदारी बनाएपछि कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरूद्ध मध्यम योगफल बनाएको छ ।
सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा अलआउट हुँदै २०५ रन बनायो । कर्णालीका लागि दिपेन्द्र रावतले सर्वाधिक ६६ रन बनाए । अर्जुन घर्तीले ५६ रन बनाए ।
५६ रनमा ६ विकेट गुमेपछि दबाबमा आएको कर्णालीका लागि दिपेन्द्र र अर्जुन मिलेर १०२ रनको साझेदारी गर्दै कमब्याक गराएका थिए ।
लुम्बिनीका लागि रमेश कुर्मीले १० ओभरमा ३७ रन दिएर ३ विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र बिप्राशन केसीले २-२ तथा कप्तान देव खनालले १ विकेट लिए ।
लुम्बिनीले ६ खेल खेल्दा २ जित निकालेको छ भने कर्णालीले ५ खेलमा २ जित निकालेको छ ।
प्रतिक्रिया 4