+
+

यसरी परिन् महिला, माकुरो मार्न खोज्दा माकुरी जालैमा

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १६ गते १८:०२

माकुरो मार्न खोज्दा पनि कहिलेकाहीँ माकुरी जालमा परिँदो रहेछ । घरभित्र छिरेको माकुरोलाई आगोले जलाएर मार्छु भन्दा अमेरिकाकी एक महिला पुलिसको खोरमा पुगेकी छिन् ।

spider

अमेरिकाको कन्सास सहरको एक अपार्टमेन्टमा बस्ने गिन्नी एम गि्रफिट नामकी ती महिलाले आफ्नो अपार्टमेन्टमा छिरेको माकुरोलाई मार्न टावेलमा आगो लगाएर माकुरोतर्फ फ्याँकेकी थिइन् । तर उनले माकुरो मार्न त कहाँ हो कहाँ उल्टै आगजनी अभियोगमा समातिनु पर्यो ।

वेष्ट सेभेन्थ एमिन्यूस्थित अपार्टमेन्टमा उनले माकुरो मार्न आगो लगाउँदा भवनमा आगो सल्किएको थियो । उक्त आगो नियन्त्रणमा लिन वारुण यन्त्रका कर्मचारीहरु आउनुपर्यो ।

यद्यपि आगजानीबाट ठूलो क्षति हुन पाएन र कोहीपनि घाइते भएनन् तर धुवाँ फैलिएपछि उनलाई आगजनी प्रयासको अभियोगमा गिरफ्तार गरियो । प्रहरी समक्ष उनले आफुले माकुरो मार्नलाई चुरोट सल्काउने लाइटरले टावेलमा आगो सल्काएर फ्याँकेको बताएकी छिन् । उनलाई रिनो काउन्टी जेलमा राखिएको छ र उनले आगजनी उद्योग बापत साढे ७ हजार जरिवाना तिर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?