
१३ चैत, विराटनगर । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4