+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राप्रपा हिंसाको विपक्षमा छ, वार्ताबाट समाधान गरौं : राजेन्द्र लिङ्देन

‘जसले जे प्रयोजनमा हिंसालाई प्रयोग गरे पनि राप्रपा त्यसको विपक्षमा छ,’ अध्यक्ष लिङ्देनले भनेका छन्, ‘म आजको घटनाप्रति दुःख व्यक्त गर्दछु ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते २२:०८

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार र आन्दोलनरत पक्षलाई संयमता अपाउन आग्रह गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै लिङ्देनले सबै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने बताए । ‘जसले जे प्रयोजनमा हिंसालाई प्रयोग गरेपनि त्यसको विपक्षमा छ, राप्रपा,’ उनले भने, ‘म आजको घटनाप्रति दुःख व्यक्त गर्दछु ।’

दुवै पक्षले वार्ताको माध्यमलाई उपयोग गर्नुपर्ने लिङदेनको सुझाव छ । ‘सबै पक्षलाई संयमता अपनाउन र सम्वादको बाटोबाट समाधान गर्न अपिल गर्दछु,’ उनले भने, ‘मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्छु ।’

यद्यपि, राप्रपाकै नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणाले भने यस्तै आन्दोलन नरोकिने चेतावनी दिइरहेका छन् । अध्यक्ष लिङदेनसँग फरक मत राख्दै आएका मिश्र र राणाले दुर्गा प्रसाईंको आन्दोलनलाई साथ दिंदै आएका छन् । आज पनि मिश्र र राणा प्रदर्शनमै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?