१७ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टोली एफसी चितवनले चर्चित कन्टेन्ट क्रिएटर तथा युवा प्रेरणादायी व्यक्तित्व सिसन बानियाँलाई क्लब एम्बासडरको रूपमा नियुक्त गरेको छ। क्लबले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराउँदै बानियाँको उपस्थितिले टिमलाई थप ऊर्जा र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेको छ।
सिसन बनिया नेपालका लोकप्रिय युट्युबर तथा फिल्म मेकर हुन्, जसले विशेष गरी युवामाझ उच्च प्रभाव राख्छन्। फुटबलको प्रवर्द्धन तथा क्लबको ब्रान्ड निर्माणमा उनको भूमिकाले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
यसअघिका दुई संस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले यसपटक मार्की प्लेअर देखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।
चितवनले नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टलाई मार्की प्लेअर चयन गर्दै नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
चितवनले अघिल्लो सिजनका मार्की तथा कप्तान गोलकिपर विशाल श्रेष्ठसहित डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई पनि रिटेन गरेको थियो ।
यस्तै चितवनले अक्सनमा क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी, जय गुरुङ, मिलन राई र निरज चौधरीलाई अक्सनबाट लिएको थियो भने क्याटेगोरी सी को ड्राफ्टबाट विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गरेको थियो ।
चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।
 
                    










 २०८१ चैत  १७ गते ११:५९
                        २०८१ चैत  १७ गते ११:५९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4