तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
१९ चैत, काठमाडौं । तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उनको शवको आजै पोस्टमार्टम गरिएको थियो । लगत्तै परिवारले उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो । उनको शवमा बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिए ।
पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।

१५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4